तनहुँ । जिल्लाको आबूँखैरेनी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा ब्रोडव्याण्ड ईन्टरनेट उपकरण वितरण गरिएको छ । गाउँपालिकाले नेपाल दुरसञ्चार प्रधिकरणसंग समनव्य र सहकार्य गरेर गाउँपालिका भित्र रहेका ६ वटा निमावि र २३ वटा प्रवि तह (वर्तमान शिक्षाको तह अनुसार १–८ आधारभुत तह) का २९ विद्यालयलाई ईन्टरनेटको उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
चुमानका अनुसार ईन्टरनेट मार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने छ । साथै विद्यालयको कक्षामा सिसि क्यामरा जडान गरेर विद्यालय अनुगम गाउँपालिकाको शिक्षा शाखाबाटै गर्न सकिने वातावरण तयार गर्ने योजना रहेको अध्यक्ष चुमानले बताए ।
दुई बर्ष सम्म केही समस्या आएमा प्राधिकरणले नै मर्मत गरिदिने अध्यक्ष चुमानले बताए । उनका अनुसार दुई बर्ष पछि गाउँपालिका र विद्यालय दुबैले त्यसको संरक्षण, मर्मत लगायतको कार्य गर्ने बताए ।