तनहुँ । ईस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) का दिन सरकारले सार्वजनिक विदा दिने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले सुचना जारी गर्दै असार २६ गते पर्ने बकर ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
‘बकर ईद यस बर्षको असार २६ गते आईतबार पर्ने भनी मुस्लिम आयोगबाट पत्र आएको हुनाले उक्त दिन देशभरी सार्वजनिक विदा दिने निर्णय भएको छ’ मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।