दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा दुई मोटर साइकल एक आपसमा ठोक्किदाँ तीन जना सामान्य घाइते भएका छन् । विहीबार विहान जलेश्वरमार्ग अन्र्तगत एकता टोल जाने चोकमा ग २१ प ८५३० नम्बरको मोटरसाइकल र ग १८ प ७७७३ नंम्बरको मोटर साइकल ठोक्किदाँ दुवै मोटर साइकलको चालक र मोटर साइकलमा सवार गरी ३ जना सामान्य घाइते भएका हुन् ।
घाइते हुनेहरुमा शुक्लागण्डकी–८ संगम टोल निवासी अमृत सुनार, शुक्लागण्डकी–९ स्याउली बजार निवासी राहुल नेपाली, मोटर साइकलको पछाडी सवार राहुलका आमा रहेका छन् । अमृतको चिउँडोमा चोट लागेको छ भने राहुलको घुँडा र उनकी आमाको कुहिनोमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।