तनहुँ । सञ्चार क्षेत्रबाट बिदाई भएर राजनितिमा लागेका रबि लामिछानेले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् भने चुनाव चिन्ह घन्टी रोजेका छन् । साथै उनले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने जानकारी दिएका छन् ।
लामिछानेका अनुसार आफ्नो पार्टीमा हाल २१ जना रहेको छ । पार्टीमा को–को छन् भन्नेबारे उनले खुलाएका छैनन् । तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए । केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ ।
लामिछानेले आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए । उनले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए ।