तनहुँ- आइतबार प्रतिलिटर १७८ रुपैयाँ बिक्रि भएको पेट्रोलको मुल्य वृद्धि भएर १९९ पुगेको छ । सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको हो ।
डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।