गत शुक्रबार रातीको अविरल वर्षाका कारण आएको बाढीमा परि मृत्यु भएका शुक्लागन्डकी १० कुखुरे बस्ने याम बहादुर बिकको परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराएको छ ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र उप प्रमुख खुम बहादुर बिक राजुले शुक्लागण्डकी नगरपालिका वडा नं १० को कार्यालयमा मृतकका भाई लाई बिपत कोष मार्फत रु २५ हजारको चेक हस्तान्तरण गर्नु भएको हो । नगरपालिकाको राहत रकम उपलब्ध गराउदै प्रमुख पण्डितले जिल्ला प्रशासन र प्रदेश सरकार मार्फत थप राहतको लागी पहल गरिदिने ब्यबस्था गर्ने बताउनु भयो । सोहि अवसरमा नगर उप प्रमुख बिकले बाढी पहिरो र अन्य प्राकृतिक विपदमा परेका नगरबासी सहयोग गर्नु नगरको दायीत्व रहेको बताउनुभयो ।