दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ विगत एक हप्तादेखि अन्धकारमा रहेको छ । जेठ २५ गते सुरौदिमा रहेको ट्रान्सर्फमरमा समस्या आएपछि वडाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो ।
ट्रान्सर्फमरमा समस्या देखिएपछि शुक्लागण्डकीको लामागाउँ, र्घाेले, बराहडाँडा, दोभान क्षेत्रमा विगत एक हप्तादेखि अन्धकारमा रहनुपरेको शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष ईन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको नोलाईमा पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको हुदाँ वडा एकहप्तादेखि अन्धकारमा रहेका बताए ।
‘सुरौदिमा रहेको ट्रान्सर्फमरमा गत जेठ २५ गने समस्या आयो । त्यसपछि शुक्लागण्डकीका लामागाउँ, र्घाेले, बराहडाँडा, दोभान क्षेत्र अन्धकार अवस्थामा रहन प¥र्याे । म स्वयमले प्रधिकरणको नोलाईस सेवामा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । २५ गतेदेखि लगातार ६ दिन उक्त क्षेत्र अन्धकार अवस्थामै रह्यो । सामुदायिक विद्युतलाई सम्पर्क गरेपछि मेन लाईनलाई हामीले चलाउन मिल्दैन भनेपछि फ्युज मात्र हाल्ने काम भयो । फ्युज हालेपछि उक्त क्षेत्रमा हाफ लाईन विद्युत प्रवाह त भयो तर कम्प्युटर पनि नचल्ने, मोबाईल पनि चार्ज नहुने आवस्था छ’ उनले भने । वडाध्यक्ष गुरुङका अनुसार विद्युत सेवा अबरुद्ध हुदाँ लिफ्टिङ्ग गर्न नसक्दाँ लामागाउँ क्षेत्रमा खानेपानीको हाहाकार नै भएको छ ।
बाबियोडाँडाका स्थानीय चन्द्रप्रसाद गौंतमले विद्युत सेवा अबरुद्ध हुदाँ वडा कार्यालयबाट लिने सेवा सुविधा पनि प्राप्त गर्न नसकेको बताए । ‘विद्युतले अबरुद्ध हुदाँ वडाबाट प्राप्त हुने सेवाबाट पनि बञ्चित हुनु परेको छ । वडाबाट सिफरिस ल्याउन लाग्दा हस्तलेखा गरेर ल्याउन परेको छ’ उनले भने । एक हप्तादेखि अन्धकारमा बस्नुपरेको हुदाँ विद्युत प्रधिकरणलाई छिटो मर्मत गरि विद्युत सेवा सुचारु गर्न आग्रह गरे ।
यता नेपाल विद्युत प्राधिकरण खैरेनीटार सबस्टेसनका ईन्र्चाजले एकहप्तादेखि विद्युत सेवा अबरुद्ध भईरहेको जानकारी नभएको बताए । उनका अनुसार गत जेठ २५ गते फिरफिरेका स्थानीय चुमबहादुर ठकुरीले फोन गरेर गुनासो टिपाएका थिए । विद्युत सेवा प्रवाहमा समस्या आएपछि लेखनाथ वितरण केन्द्रलाई सम्पर्क गराएर आवश्यक सामाग्री जुटाएर मर्मत गर्न पठाएको बताए । सबस्टेसनबाट उक्त गुनासोको सम्बोधन गरेपछि विद्युत सेवा अबरुद्ध भएको कुनै जानकारी प्राप्त नभएको उनको भनाई छ ।