काठमाण्डौ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको एक पछी अर्को निर्णयले देशभर चर्चा कमाउन थालेको छ ।
बुधबारबाट उनले नगरमा थन्किएका पुराना ब्रुमरलाई संचालनमा ल्याएका छन् । एक कार्यक्रममा बोल्दै उनले नगर भित्रका गाडी मर्मतका लागी राष्ट्रिय आविस्कार केन्द्रलाई दिईने बताए । उनले पुराना गाडी मर्मत गर्दा नगरपालिकाका कर्मचारीले इन्धनमा अनियमितता गर्ने र पाटपुर्जा समेत हराउने हुँदा केन्द्रलाई मर्मतका लागी दिन लागेका उनले बताए ।
प्रमुख शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन् । बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।