दुलेगौंडा, निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।
निर्वाचन आयोगले जेठ २३ गते जारी गरेको प्रेस बिज्ञप्ति अनुसार निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको हो ।
बुधबारबाट आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । नेपाल सरकारले यहि कार्तिक वा मङ्सिरमा निर्वाचन तोक्ने तयारी गरे संगै निर्वाचन आयोग नाम दर्ता अभियान शुरु गरेक हो ।