बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–१ वडीस्वारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४ बर्षिय सुप्रीम बागाले मगर रहेको जिलला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेलुकी ४ः४५ बजेको समयमा घर आगनमा खेलीरहेको अबस्थामा जंगली चितुवाले आक्रमण गरी लगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का बताए । खड्का अनुसार स्थानीयको साथमा बन्दीपुरबाट खटिएका प्रहरी टोलीले खोजी गर्दा निज बालकको घरदेखि २०० मिटर उत्तर तर्फ छपेली सामुदायीक वन मृत अवस्थामा फेला परेकोले थियो ।
हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।