दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ खैरेनीटारले मृगौला पिडित आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । सोमबार शुक्लागण्डकी–५ बेलचौतारा निवासी अनिता सुवेदीलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको हो ।
आर्थिक अवस्था कमजोर रहेका कारण उपचार संगै विहान बेलुकीको गुजारा चलाउनको लागि समेत समस्या रहेको थाहा पाएपछि क्लबले नगद पाँच हजार सहित १ बोरा चामल सहयोग गरेको क्लबका ईलेक्ट अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।
आर्थिक तथा खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष पिताम्बर तिमेल्सिना, उपाध्यक्ष प्रमोद लामिछाने ,सचिव महेश बस्नेत ,कोषाध्यक्ष सुरेश पौडेल,निर्देशक गणेश ढकाल लगायतका क्लबका सदस्य हरूको उपस्थिति थियो।