जाजरकोट । जाजरकोट जिल्लाको चुनिचादे गाउँपालिका–५ मा जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् । मृत्यु हुनेमा चुनिचादे गाउँपालिका–६ का एकै परिवारका आमा छोराछोरा रमिता शाही र देब दर्शन सिंह साथै सोही ठाउँकै नानकला गिरि रहेको प्रहरीले जनाएको छ ।
मृतको शरिर कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत राखिएको छ । मृतक मध्यको नानकला गिरिको पोेस्टमार्टम भईसकेको छ भने बाँकी दुई आमा छोराको भने पोष्टमार्टम हुन सकेको छैन् । घटना भएको ४ दिनसम्म पनि मृतक रमिता र देब दर्शनको पोस्टमार्टनमा ढिलाई गरेको मृतकका आफन्त महेशकुमार शाहीले जानकारी दिए । ‘दुर्घटना भएको चार दिन भईसक्यो । हामीले हाम्रो परिवारको लास उठाउन पाएका छैनौं । पोस्टर्माटममा किन ढिलाई हो ?, कहाँ छन सम्बन्धित निकाय ?’ उनले प्रश्न गरेका छन् ।
मृतकका आफन्त शाहीले छिटोभन्दा छिटो पोस्टमार्टम गरि पिडितलाई उचित क्षेतिपुर्तिको माग गरेका छन।