तनहुँ । ‘द हिडन ट्रेजर’ले आयोजना गरको मिस नेपाल २०२४ को शीर्ष २४ प्रतिस्पर्धीको नाम घोषण भएको छ । जसमा शुक्लागण्डकी नगरपालिका–५ बेलतौताराकी डा. गंगा गुरुङ पनि टप २४ फाईनलिस्ट बन्न सफल भएकी छिन् ।
शुक्ला न्यूज संग कुराकानि गदै उनले विशेष गरेर शारिरिक, मानसिक रुपमले अशक्त बालबालिकाको क्षेत्रमा काम गर्ने बताईन् । साथै उनले नेपालमा बालबालिकाको लागि आवश्यक कानुन बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको हुदाँ कानुनको पालना गराउने पक्षमा उभ्एिर काम गर्ने बताईन् ।
प्रतियोगिताको फाइनल असार ४ गते हुँदैछ । गुरुङले खल्ती एप्सबाट आफूलाई भोट गरी विजयी गराउन आग्रह गरेकी छन् । ‘मलाई भोट गर्नका लागि आफ्नो मोबाईलमा खल्ती एप्स डाउन्लोड गरि ‘ईभेन्ट’ सेक्सनमा गई मिस नेपाल २०२२ सेलेक्ट गर्नुहोस र यति हजुरहरुलाई मन पर्छ भने कन्टेस्टेन्ट नं.२३ मिस डा.गंगा गुरुङ लाई छान्नुहोस ४ गते फाईनल हुने हुदाँ भोटिङ ३ गते सम्म खुल्ला हुनेछ । ’ उनले अनुरोध गर्दै भनिन् ।
चार हप्ताको ग्रुमिङबाट आकृति शाह, आस्रुति सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना,अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी, यशस्वी श्रेष्ठले अन्तिम २४ को यात्रा तय गर्न सफल भएका थिए ।