दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले रातको समयमा पृथ्वी राजमार्ग स्थित डुम्रे–मुग्लीङ सडक खण्डमा सवारी आवतजावत रोक लगाएको छ । प्रशासनले शुक्रबारदेखि परेको अबिरल बर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ साँखर स्थित पृथ्वी राजमार्ग भाँसिएको हुदाँ सवारी आवतजावतमा रोक लगाएको हो ।
प्रशासन कार्यालय तनहुँका अनुसार मालबाहक सवारीलाई बैकल्पिक बाटोबाट यातायात संञ्चालन गर्न र साना यात्रुवाहक सवारी (माईको) साथै दुईपाङ्ग्रे सवारी साधनहरु बिहान ५ बजेदेखी साझँ ७ बजेसम्ममात्रै सञ्चालन गर्न आग्रह गरेको छ ।
‘तनहुँको डुम्रे मुग्लीङ सडक खण्डको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा लगातार बर्षाको कारण पहिरो गई सडक खण्डमा क्षेति पुगेको हुदाँ अर्काे सुचना जारी नभएसम्मको लागि त्यस सडक खण्ड भई आवतजावत गर्ने मालबाहक सवारीलाई बैकल्पिक बाटोबाट यातायात संञ्चालन गर्नुहुन र साना यात्रुवाहक सवारी (माईको) साथै दुईपाङ्ग्रे सवारी साधनहरु बिहान ५ बजेदेखी साझँ ७ बजेसम्ममात्रै सञ्चालन गर्नुहुन यस सुचनामार्फत जानकारी गराईन्छ’ जिल्ला प्रशासन कार्यालय तनहुँको सुचनामा उल्लेख छ ।