खैरेनीटार । सवारीको ठक्करबाट ज्यान गुमाएका मृतकका आफन्त तथा स्थानीयहरुले न्यायको माग गर्दै पृथ्वी राजमार्ग स्थित खैरेनीटारमा सडक अबरुद्ध गरेका छन् ।
घटना जेठ २२ गते राति ८ः४५ बजेको हो । फर्निचरको काम सकेर घर फर्कने क्रममा पोखरा स्थित अर्घु चोकमा घिरिङ गाउँपालिका–१ पुट्टार ६४ बर्षिय ईमरान लामिछानेलाई ना ७ ख ४९७६ नम्बरको बसले ठक्कर दियो । बसको ठक्कर पश्चात लामिछानेको घटनास्थलमा नै मृत्यु भयो ।
घटना भएपछि मृतकका आफन्त र पृथ्वी राजमार्ग बस व्यवसायी समितिसंग दुईपक्ष वार्ता भयो । बार्ता पछि बस व्यवसायीले क्षेतिपूर्ति दिने कुरामा गौर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको हुदाँ न्यायको निम्ति संघर्षमा उत्रिएको घिरिङ–१ का वडाध्यक्ष रबिचन्द्र घोरासिनिले जानकारी दिए । ‘पृथ्वी राजमार्ग बस व्यवसायी समितिसंग दुईपक्ष वार्ता गर्दा उननिहरुले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिने र नियत बस ठक्कर दिए जस्तो तर्क दिने, साथै हाम्रो कुराको सुनुवाई नभएको हुदाँ अधिकारका निम्ति संघर्ष गर्दै राजमार्गमा उत्रियका हौं’ उनले भने ।
अकल्पनिय क्षेति हुदाँ पनि मागको सुनुवाई नगरि बस व्यवसायीले हेलचक्राई गरेको स्थानीय गंगाराम कुमालले बताए । उनका अनुासर न्याय नपाएको खण्डमा निरन्तर आन्दोलन जारी राख्ने प्रतिक्रिय दिए । घिरिङकै स्थानीय एक महिलाले मजदुर गरेर खाने मान्छेलाई मार्न पाईदै, ६ जना बच्चाको मुख मार्न पैर्दैन, हामीलाई न्याय दे भन्दै राजमार्गमा चर्को आवाज उठाईन् ।