भिमाद । तनहुँको भिमाद नगरपालिका–५ स्थित झकाश घाटबाट मापदण्ड विपरित नदिजन्य पर्दाथ उत्खनमा संलग्न रहेको ५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जहाँ ४ वटा टिपर र १ वटा जेसीवि रहेको प्रहरी स्रोतले जनाएको छ ।
सोमवार दिउसो २ वजे इलाका प्रहरी कार्यालय भिमादले नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सुवेदी कन्स्ट्रक्सनका लु १ क ३८३८ , लु १ क ४०६६ , लु १ क ३८३९ , लु १ क ३८३७ नम्बर रहेको ४ वटा टिपर र जेसिविलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएको टिपर र जेसेविलाई भिमाद नगरपालिकामा बुझाइने र नियम अनुसार जरिवाना हुने इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामिले जानकारी दिए ।
भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर थापाले बारम्बार उत्खनन रोकथामको प्रयास गरेतापनि लुकिछिपि उत्खनन् गर्दै आएको बताए । मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्नको लागि भिमाद नगरपालिकालाई बारम्बार ताकेता गर्दा समेत सुनुवाई नभएको उनको भनाई छ ।