दमौली, अपांगता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र – रिसेडले आज व्यास नगरपालिकामा योजना तर्जुमामा अपांगता भएका व्यत्ति:हरुको सवाल सम्बन्धि सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । रिसेडका अध्यक्ष पदम बहादुर परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै अपांगता भएका व्य:िक्तहरुले शिक्षा र स्वास्थ्य जस्तो गम्भिर सवाललाई नि:शुल्क बनाई अगाडी बढाउनुपर्ने बताए । अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्दै आइरहेको सहायक सामाग्रीको सर्वसुलभता नभएसम्म अन्य अधिकारको सवालहरु बाट पनि बञ्चित हुनुपर्ने बताउदै सहायक सामाग्रीलाई सर्वसुलभ बनाउनुपर्ने बताए । कार्यक्रममा शारिरीक अपांगता भएका धर्म अधिकारी, सन्तोष ओझा, नारायण परियार, यम कुमार राइ लगायतले अति र पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुको व्यक्तिगत सहयोगि, उनिहरुको उचित स्याहार र हेरचाहको विषय गम्भिर भएको भन्दै व्यास नगरपालिकाले जिल्लाका अन्य स्थानिय तहसंग सहकार्य गरि एकिकृत स्याहार गृहको सञ्चालन गर्नुपर्ने विषय औलाएका थिय । कार्यक्रममा बोल्दै तेश्रो आखा काुननी सेवाका सञ्चालक अधिवक्ता विष्णु खनालले अपांगता भएका बालाबालिकाको शिक्षामा पहुँच हुन नसकेको प्रति स्थानीय सरकारलाई गम्भिर हुन सुझाउनुभयो । कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अपांगता भएका व्यक्तिहरको शिक्षा, स्वास्थ्य र सहायक सामाग्रीको उचित व्यवस्थापन नगरपालिकाले गर्ने बताउदै योजनामा महिला र युवा स्वरोजगारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उपप्रमुख इन्दिरा दरैले अपांगता भएका व्यक्तिहरुको सवालमा स्थानीय तहको उपप्रमुख नै संयोजक हुदा अत्यन्तै खुसी लागेको बताउदै समाजमा सांग सरह अपांगता भएका व्यक्तिहरुलाई पनि हरेक क्षेत्रमा पहुचको सुनिस्चितता गराउनु पर्ने बताउनुभयो । रिसेडका सदस्य सितादेवी कुवरलेल स्वागत गर्नुभएको उक्त कार्यक्रम संस्थाका महासचिव दामोदर रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रमको अवसर पारेर नवनिर्वाचित नगर प्रमुख र उप प्रमुखलाई रिसेडले सम्मान तथा बधाई समेत गरेको थियो ।