सेराटार । सुर्य नेपाल प्रलि सेराटार, तनहुँले शुक्लागण्डकी नगरपालिका सेराटारका स्थाीयहरुलाई फोहोर मैला व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।
घरबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानीयलाई तालिम दिएको सुर्य नेपाल प्रलिका बाणिज्य शाखा प्रमुख गौतम यादवले जानकारी दिए । उनका अनुासर घरबाट निस्कने ८० प्रतिशत फोहोर पुनः प्रयोग गर्न सकिन्छ । ‘घरबाट निस्कने सबै कुरा फोहोर होईन । जसमा ८० प्रतिशत फाहोर हामी पुन प्रयोग गर्न सक्छौ । घरबाट निस्कने फाहोर कम गर्न सके मात्रै पनि वातावरण प्रदुषणमा न्यूनिकरणमा सकारात्मक प्रभाव पार्छ’ उनले भने । कार्यक्रमको प्रभाकारीतालाई मध्यनजर गर्दै बिश्व बातावरणको अवसर पारेर कार्यक्रम गरिएको साथै तालिममा बाट प्राप्त उपलब्धिहरुलाई कार्यान्वयनमा ल्याउने थप योजना बनाई कार्यक्रम गर्ने कम्पनीका अन्जन दुवाडीले बताए ।
तालिममा फाहोरको प्रकार, फाहोरको वर्गिकरण, व्यवस्थापनका अभ्यास, फोहोरलाई मोहोरको रुपमा परिणत गर्ने तरिका र जैविक मल बनाउने तरिकाबारे स्थानीयहरुलाई जानकारी दिईएको छ । ग्रिन रोड फोहोर मैला व्यवस्थापन प्रालिको प्राविधिक सहयोगमा सुर्य नेपाल प्रलिले सस्थागत सामाजिस उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर तालिमको आयोजना गरेको हो । तालिममा सेराटारका ५५ जना स्थानीय सहभागि रहेका थिए । कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत यस अघि पनि बिभिन्न तालिम तथा सहयोग गर्दै आईरहेको थियो ।