दुलेगौंडा । पछिल्लो समय जन्मदिनलाई रचनात्मक ढंगले मनाउने परम्परा विकसित हुदै गएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाका विपिन वाग्लेले पनि आफ्नो २७ औं जन्मोत्सवमा शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा ५०० केजि नुन सहयोग गरेका छन् ।
गौं संरक्षण केन्द्रमा रहेका गाईहरुको अवस्था नाजुक रहेको हुदाँ विगत ४ बर्ष अगाडीदेखि जन्मोत्सवको अवसरमा गौं संरक्षण केन्द्रमा सहयोग गर्दै आईरहेको वाग्लेले बताए । उनले समाजका प्रत्येक मानिसले आफ्नो सोच परिर्वतन गर्न जरुरी रहेको बताए । ‘अहिलेको समाज के भयो भने मान्छेलाई सहयोग गर्ने, फोटो खिच्ने र हाल्ने, भोलिपर्सि व्यक्तिगत रुपमा मैले यसो गरेको हो भनेर फाईदा लिने गर्दछन् । मैले जनावरलाई दिए पछि त मलाई त्यसले देला भन्न पनि परेन, त्यसैले निस्वार्थ भावनाले सहयोग गर्नपर्छ भनेर जनावरका लागि सहयोग गरेको हो’ उनले भने ।
अहिले २७ औं जन्मोत्सव मनाईरहेका वाग्ले लियो डिष्ट्रिक्ट ३२५ बि वान् को पूर्व कोषाध्यक्ष , लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका पूर्वअध्यक्ष, डि.जि नेशनल को–अपरेटिभ प्रालिका संस्थापक अध्यक्ष, डि.जि लिंक नेटवर्क प्रालिका अध्यक्ष, तनहँु खबर राष्ट्रिय दैनिकको संस्थापक र शुक्लागण्डकी एफएमको संस्थापक सदस्य रहेका छन् ।