खैरेनीटार । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघले मलेसियाका लागि नेपाल सरकारका राजदुत नियुक्ति भएका डिल्लीराज पौडेललाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बिच संघले सफल कार्यकालको लागि शुभकामना दिदै सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाल सरकारका राजदुत पौडेलले रोजगारीको लागि मलेसियामा श्रम गरेका नेपाली जनताको हरेक समस्यासंग नजिक रहेर काम गर्ने बताए । ‘मलेसियामा गएर श्रम गर्ने नेपालीहरुको श्रम शोषण भएको समाचार हामीले सुन्दै, देख्दै आएका छौ । उक्त समस्यालाई निराकरण मलेसियामा रहेका नेपालीहरुसंग नजिक रहेर काम गर्नेछु’ उनले भने । साथै उनले नेपाली उत्पादनलाई पनि मेलेसियाको बजार क्षेत्रसम्म पु¥याउन पहले गर्ने बताए ।
संघका अध्यक्ष विमलप्रसाद रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुजित हिराचन, महासचिव उपेन्द्र तिमिल्सिना, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले मलेसियामा दुख पाएका नेपालीको उद्धारमा निरन्तर लागि पर्न र दुई देश बिचको सम्बन्ध प्रगाढ बनाउन आग्रह गरे ।
मलेसियाका लागि नेपाल सरकारका राजदुत नियुक्ति भएका डिल्लीराज पौडेल शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका स्थानीय पनि हुन ।