दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक राजुले वर्तमान समयमा भेदभाव विरुद्ध लड्ने दायित्व दलितको मात्र नभएको बताएका छन् । १७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा उपेक्षित उत्पीडित र दलित उत्थान समिति शुक्लागण्डकीले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै छुवाछुत र भेदभाव विरुद्ध लड्न सबैलाई आग्रह गरे ।
छुवाछुत र भेदभाव विरुद्ध एक पक्षले मात्र आवाज उठाएर पूर्ण नहुने बताए । ‘आजको मितिमा के दलितहरुको मुद्दा चाँही दलितहरुले मात्रै उठाउन पर्ने हो ? महिलाहरुको मुद्द उठाउने महिलाहरुले मात्रै हो ?, जनजातिहरुले उठाउने मुद्द जनजातिको मात्रै हो ?, होईन् । हामी यदि एक्काइसौ सताब्दीका समतामुलक समाज निर्माणका अभियान्ताहरु हौ भने यि भेदभाव विरुद्ध लड्ने दायित्व दलितहरुको मात्रै होईन । हामी सबैको हो’उनले भने । उनका अनुासर विभेदको विरुद्धमा राज्यले कानुन निर्माण हुनु मात्रै ठुलो कुरा होईन् । कानुनको कार्यन्व्यन हुन जरुरि छ ।
कार्यक्रममा बोलदै शुक्लागण्डकी नगरपालिका–१२ का संस्थापक वडाध्यक्ष मनराज गुरुङले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मात्र नभएको हुदाँ सबैले यसको विरुद्ध आवाज उठाउन जरुरि रहेको बताए । ‘यो दिवस दलित समुदायको मात्रै होईन । दलित समुदायमाथी विभेद भईरहदाँ हामी उपल्लो जाति भनिएकाहरुलाई पनि पोलिरहेको हुन्छ । तपाईको पिडा र भावना संग हाम्रो भावना पनि जोडिएको हुन्छ । देशमा गणतन्त्र आए पनि हाम्रो समुदायको लागि हाम्रो भभावनाका लागि अझैपनि गणतन्त्र आए जस्तो छैन् । अझै पनि जातको नाममा धेरै विभेद छ । यसको विरुद्धमा सबैले आवाज उठाउन जरुरि छ’ उनले भने ।
उपेक्षित उत्पीडित र दलित उत्थान समिति अध्यक्ष भरत लाम्गादेको सभापतित्वमा सम्पनन कार्यक्रममा नेकपा एमालेकी केन्द्रय सदस्य सबिता रसाईलि, नेपाली कांग्रेसका नेता प्रकाश विक, दलित समुदायका अगुवाकर्ता जर्नादन वियोगि लगायतले दलित समुदाय माथि उठेर विभेदका विरुद्धमा लड्न जरुरि रहेको बताए ।