दुलेगौंडा । तनहुँको भिमाद नगरपालिका–९ च्यानडाँडा मा सिलिण्डर ग्यास पड्किएर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनारायण के.सीकी ११ बर्षकी छोरी सुवेक्षा के.सी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
खाना पकाउने ग्याँस सिलिन्डर अचानक पट्की आगोलागी हुदाँ कोठामा रहेकी सुवेक्षा जलेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षका (डिएसपी) युवराज खड्काले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।