दमौली । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि अर्काे सुचना नआएसम्म राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ ।
मुग्लिङ–पोखरा सडकखण्ड विस्तार गर्नका लागि सडक बन्द गर्न लागेको मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ ।
राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ ।