दमाैली-नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले तनहुँका सञ्चारकर्मीलाई पत्रकारिता तालिम सुरू गरेकाे छ । पत्रकारहरूकाे क्षमता अभिवृद्धि गर्नका लागि कानुन सञ्चार तथा मामिला मन्त्रालय गण्डकी प्रदेश शाखाको सहयोग र नेपाल पत्रकार महासंघ तनहुँ शाखाकाे समन्वयमा तालिमको आयाेजना गरिएको हाे ।
कार्यक्रममा बाेल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पत्रकार तिखारिएकाे कलम रहेको बताए । उनका अनुसार पत्रकारले समाजको वास्तविक प्रस्तुत गर्ने हुदाँ सत्य तथ्य सामाचार सम्प्रेषण गर्नुपर्ने बताए ।`पत्रकार तिखारिएकाे कलम हाे, तपाईं समाजको यथार्थ देखाउने ऐना हाे । तपाईंप्रति जनताको विश्वास हुने हुदाँ सहि र सत्य समाचार सम्प्रेषण गर्नुपर्छ ।
तालिममा जिल्ला भित्रीका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी सहभागी रहेका थिए । १३ गतेदेखि सञ्चालन गरेको तालिम १७ गतेसम्म हुनेछ । मुख्य प्रशिकका रूपमा बरिस्ठ पत्रकार माेहन मैनाली र कानुन सञ्चार मन्त्रालयका माधव पाैडेल रहेका छन् ।