दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सोमबार बिहान एक कार्यक्रमका गर्दै वडाका संस्थापक जनप्रतिनिधिले अबको पाँच बर्षको लागि नव निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सुम्पेका छन् । कार्यभार हस्तानतरण गर्दै निवर्तमान वडाध्यक्ष शिवकुमार श्रेष्ठले जनप्रतिनिधि जनताको सेवक भएर जनताको मर्म बुझेर काम गर्नुपर्ने बताए । काम गर्दै जादा अवरोध सिर्जना हुन सक्ने भएकाले अवरोध छिचोल्दै अगाडी बढ्नुपर्ने सुझाव दिए ।
शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले (राजु)ले वडाले सर्वप्रथम बजारको फोहोर व्यवस्थापन गर्ने बताए । ‘फोहोर मैला व्यवस्थापन गर्न भोलिदेखी नै भाडामै भएपनि ट्याक्टर लिएर बजारको फोहोर व्यवस्थापन गर्ने कबुल गर्छु’ उनले भने । उनले भेदभाव रहित काम गर्ने बताए ।
वडाध्यक्ष राजकुमार वाग्ले सहित महिला वडा सदस्य मिठुमाया थापा राना, दलित महिला सदस्य मिना रोकाहा सुनार, खुल्ला सदस्य तर्फ मदन श्रेष्ठले र महिप ज्वारचनले कार्यभार सम्हालेका हुन् ।