दुलेगौंडा, लायन्स क्लव अफ दुलेगौँडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटी द्वारा जि पी कोइराला राष्ट्रिय श्वासप्रश्वास रोग उपचार केन्द्रमा नियमित आँखा शिविर सम्पन्न भएको छ । उक्त शिबिरमा जम्मा १११ जनालाई सेवा दिईएको थियो । जसमा ११ जनालाई निशुल्क अपरेशनलाई सिफारिस र ३६ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराका डाक्टर टिमले प्राबिधिक सहयोग गरेको लियो प्रेम राज तिवारीले बताए । ।आँखा शिविर प्रत्येक महिनाको ८ गते हुने आयोजकले जानकारी दिएको छ ।