दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका वडा नं ९ घारी घर भै हाल अमेरिका बस्दै आएका हरि प्रसाद गैरेले शनिबार २५ हजार नौ सयको चोकर गौ संरक्षण केन्द्रमा सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा सपरिवार अमेरिका बस्दै आएका हरि गौ संरक्षण केन्द्रमा रहेका गाईहरुको अवस्था देखेर आफुले सहयोग गरेको बताए । केहि समय पहिले भाई लाल प्रसाद गैरेले झन्डै ६० हजार बराबरको पराल गौ संरक्षण केन्द्रलाई हस्तान्तरण गरेका थिए ।
अमेरिका बस्दै आएका हरिले आफ्नो गाउमै स्थापना भएको गौ संरक्षण केन्द्रको अवस्था देखेपछी सहयोग गरेको बताए । केन्द्र भित्र रहेका गाईहरुको अवस्था सारै कमजोर देखिएको तथा थप ब्यबस्थापन गर्न पर्ने देखिएको भन्दै उनले सबैले आफु सक्दो सहयोग गरेको खण्डमा संरक्षण केन्द्रमा रहेका गाई भोकै रहनु नपर्ने बताए ।
अध्ययनका लागी रुस पुगेका लाल प्रसाद गैरे अध्ययन सकेर उतै कलेजमा अध्यापन गराउनु साथै ब्यबसाय समेत गरेका छन् । शुक्लागण्डकीको गणपति घर भएका उनि रुसमामा समेत हिन्दु धर्मको प्रचारको लागी धार्मिक कार्यक्रम गर्नुका साथै मन्दिर समेत निर्माण कार्यमा लागेका छन् ।
गौ संरक्षण केन्द्रमा रहेका गाईबस्तुको अवस्था देख्दा जो कोहिको मन सेवा भाबले भरिने अवस्था छ । पराल र पानीको भरमा बाचेका अधिकांस गाईहरु उभिन सक्ने अवस्थामा मात्रै बाचेको छन् । दैनिक गाईहरु मर्ने क्रम जारी छ । शारीरिक रुपमा कमजोर रहेका कतिपय गाई बस्तुलाई जिउदोमै गिद्धले खाई रहेको समेत देखिन सक्छ ।शुक्लागण्डकी नगरपालिकाको ब्यबस्थापनमा संचालित उक्त गौ संरक्षण केन्द्रको लागी एक समिति समेत गठन भएको छ तर समितिले आवश्यकता अनुसार चासो नदिदा गौ संरक्षणको अवस्था दिनानु दिन दयनीय बन्दै गरेको देखिन्छ ।