लियो क्लब खैरेनीटार दुलेगौंडा मन्त्रमा प्रज्वल गुरूङको अध्यक्षतमामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार रिभर भ्यु रेस्टुरेन्ट,धारापानीमा भएको क्लबको चौथो अधिबेसनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्लागण्डकी नगरपालिका भित्रका झन्डै ३५ जना ३२ वर्ष मुनिका युवाहरु सदस्य रहेको लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रले यस क्षेत्रमा सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको छ । क्लबको प्रथम उपाध्यक्षमा धिरज खत्री, द्वित्तीय उपाध्यक्षमा प्रविन कंडेल, सचिबमा निरन्जन श्रेष्ठ, कोषाध्यक्षमा रुपेस आचार्य निर्वाचित भएका छन ।
लाइन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष पिताम्बर तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्लब १४ का क्लस्टर चिफ सन्तोष घिमिरे रहेका थिए ।