दुलेगौंडा। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ धारापानीबाट सालको काठ सहित ४ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६ का २१ बर्षिय विमल वली, ३२ बर्षिय प्रेम बहादुर बि.क, २५ बर्षिय पदमबहादुर सुनार र शुक्लागण्डकी नगरपालिका–७ बस्ने ३२ बर्षिय सोमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहीबार जनक तिमिल्सिनाको पाखो बारीबाट २६ क्युफिट (८ थान गोलिया बोक्रा सहितको) सालको काठ ग १ त ५७८६ नं.को ट्याक्टरमा लोड गरि अन्यत्र लैजाने क्रममा ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार काठ लोड भएको ट्याक्टर सहित व्यक्तिलाई नियन्त्रणमा लिई सब डिभिजन बन कार्यालय बेलचौतारा पठार्र्ईएको छ ।