दुलेगौंडा । शुक्लागण्डकीमा स्थानीय तह निर्वाचनको मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा एमालेकी फुलमाया वाग्लेले अग्रता कायम गरेका छन् ।
शुक्लागण्डकी नगरपालिका–१, २, ३, ४, ५,६, ७, ८ र ९ मा गरि १४ हजार ८७९ मत गणना गर्दा पण्डितले ६ हजार ८८१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेबाट मेयर पदका प्रत्यासी मुक्तिनाथ तिम्सिनाले भने ५ हजार ८६० मत प्राप्त गरेका छन् ।
यस अघि सम्म उपमेयर पदमा अग्रता कायम गरेका माओवादी केन्द्रमा खुम बहादुर विक (राजु)लाई नेकपा एमालेकी फुलमाया वाग्लेले उछिनेकी छिन् । १४ हजार ८७९ मत गणना गर्दा एमालेकी फुलमाया वाग्लेले ५ हजार ६५५ मत प्राप्त गरेकी छिन् भने माओवादीका खुमबहादुर वि.कले ५ हजार ६४८ मत प्राप्त गरेका छन् । यो संगै फुलमाया वाग्ले ७ मतले अग्रता कायम गरेकी छिन् ।