दमौली । तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान हुने भएको छ । शुक्रबार गाविस भवन फेदी मतदान स्थलमै मेयर पदका उम्मेद्वार जोशीमाथि भएको आक्रमणको बिषयले उक्त निर्वाचनलाई रद्ध गरि पुनः मतदान गर्न लागिएको हो ।
निर्वाचन आयोगले पुनः मतदान गराउन निर्देशन दिएको हुदाँ सोही अनुरुप निर्वाचन गर्न लागिएको निर्वाचन कार्यालय तनहुँका हरिशचन्द्र ढुंगानाले बताए । निर्वाचन कार्यालय तनहुँका अनुासर जेठ ४ गते रिस्तिमा विहान ७ बजेदेखी बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।