दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एमाले अग्रता कायम गरेको छ । शुक्लागण्डकी नगरपालिका–१, २ र ४ मा ५०० मत गणना गर्दा एमालेका मुक्तिनाथ तिम्सिनाले २३७ मत सहित अग्रता कायम गरेका हुन् । मेयर पदका प्रत्यासी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेद्वार कृष्णराज पण्डितले २२५ मत प्राप्त गरेका छन् ।
यसै गरि उपमेयर पदमा नेकपा एमालेकी फुलमाया वाग्लेले २३९ मत प्राप्त गर्दै सुरुवातदेखि नै अग्रता कायम गरेकी छिन् भने गठबन्धनका तर्फबाट माओवादीका खुमबहादुर विक राजुले १४५ मत प्राप्त गरेका छन् ।