दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयरमा सुरुवातदेखी अग्रता कायम गरेको नेपाली कांग्रेसलाई नेकपा एमालेले उछिनेको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ मा दुईसय र वडा नम्बर २ मा एक सय गरि ३०० मत गणना गर्दा एमालेका मुक्तिनाथ तिम्सिनाले १५९ मत सहित अग्रता कायम गरेका हुन् । मेयर पदका प्रत्यासी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेद्वार कृष्णराज पण्डितले १२२ मत प्राप्त गरेका छन् ।
यसै गरि उपमेयर पदमा नेकपा एमालेकी फुलमाया वाग्लेले १५९ मत प्राप्त गर्दै सुरुवातदेखि नै अग्रता कायम गरेकी छिन् भने गठबन्धनका तर्फबाट माओवादीका खुमबहादुर विक राजुले ७८ मत प्राप्त गरेका छन् ।