भिमाद । जिल्लाको भिमाद नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा उम्मेद्वार दिएका दधिराज सुवेदीले अग्रता लिएका छन् ।
आज विहान १० बजेबाट सुरु भएको मतगणनामा वडा नम्बर १ को ४१७ मत गणना हुदाँ एमालेबाट मेयर पदका उम्मेद्वार दधिराज सुवेदीले १३४ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादीका काजीमान श्रेष्ठले भने ९९ मत प्राप्त गरेका छन् । यसै गरि भिमादमा नै माओवादीबाट मेयरका उम्मेद्वार रामबहादुर थापाले ६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेद्वार विष्णुभक्त खनालले १० मत प्राप्त गरेका छन् ।
यसै गरि गठबन्धनको तर्फबाट उप–मेयरका उम्मेद्वार कांग्रेसका मिलन आलेले १७७ मत सहित अग्र स्थानमा छन् । यसै गरि उपमेयरमा एमालेबाट शारदा खनालले १०४ मत, माओवादीबाट टोमाया रानाले ६३ मत प्राप्त गरेका छन् । हालसम्म २५ मत बदर भएको छ ।