गाछेपानी । शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्षका उम्मेद्वार शंकर पन्तको सवारीमा गएराति अज्ञात व्यक्ति टोडफोड गरेका छन् । घर अगाडी पार्किङ्ग गरेर राखेको ग ३ च ७४९५ नम्बरको कारको सिसामा अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरि क्षति पु¥याएको हो ।
माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका पन्तले राति–राति आफ्नो कारमा ढुङ्गा हान्नु राजनीतिक कारण हुन सक्ने बताएका छन् । ‘कस्ले कहाँ रक्सि खाएर आएको थियो । चुनावको बेला, पक्कै कुनै पार्टीका मान्छे अर्थात रिसिभि भएकै मान्छे ले त हो गाडीमा ढुङ्गा हान्ने’ उनले भने, ‘म डर भएको मान्छे होईन, डराउन दिने तिमीहरुको चेष्ठाले झन मझबुत गराएको छ मलाई’
सवारी टोडफोड गरेर फरार रहेका अज्ञात व्यक्तिको मोटरसाईकल प्रहरीले फेला पारेको स्थानीयहरुले बताएका छन् ।