दुलेगौांडा । स्थानीय तह निर्वाचन आउन दिई दिन मात्रै बाँकी छ । निर्वाचनको दिन नजिकिए संगै पछिल्लो समय राजनीतिक सरगर्मी पनि बढेको छ । यस बिच विभिन्न पार्टीका कार्यकर्ता बिच झडप भएको समाचार पनि बाहिर आउन थालेको छ । मंगलबार मात्रै तनहुँमा दुई र स्याङ्जाको एक गरि तीन ठाउँमा नेपाली कांग्रेस र नेकपा एमालेको कार्यकर्ता बिच झडप भएको छ ।
मांगलबार दिउसो तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाको कार्यालय पोखरिछाप परिसारमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकता बिच ढुंगा हानाहान भएको थियो । दुई समुह एकै ठाउँमा भेट भएपछि कार्यकर्ता बिच ढुंगा हानाहानको स्थिती सिर्जना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार नेपाली कांग्रेले हानेको ढुंगाले लागेर नेकपा एमालेका कार्यकर्ताले चढ्दै आएको ग २ च १८०५ नम्बरको कारमा क्षेती पुगेको छ ।
यसै गरि मंगलबार राति करिब ११ बजेको समयमा तनहुँको भिमाद नगरपालिका–२ रघुमा पनि नेकपा एमाले र कांग्रेस बिच सामान्य झडप भएको छ । नेपाली कांग्रेसको वडा अध्यक्ष उम्मेदवार भीमबहादुर थापाकोे टोली र नेकपा एमालको वडा सदस्यका उम्मेद्वार प्रेम बहादुर रानाको टोली एकै ठाउँमा जम्काभेट भएपछि सामान्य झडप भएको प्रहरी स्रोतले जनाएको छ । ईलाका प्रहरी कार्यालय भिमादका अनुसार रघुमा एमाले र कांग्रेसको कार्यकता जम्काभेट भएको र एमाले पक्षसंग खुकुरी रहेको देखे पछि खुकुरी खोस्न खोज्दा एक जनालाई हातमा सामान्य चोट लागेको थियो ।
स्याङ्जाको हरिनास गाउँपालिकामा खुकुरी प्रहारबाट दुई जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन मंगलबार प्रचारप्रसार कार्यक्रममा गएर फर्किदै गरेका काँग्रेसका कार्यकर्ता माथि एमालेका कार्यकर्ताले वडा नं– ४ स्थित ढुङ्गोनी भन्ने स्थानमा साँघातिक हमला गरेको बताइएको छ । एमाले कार्यकर्ताको आक्रमणबाट हरिनास गाउँपालिका वडा नं–२ बस्ने बर्ष ३० का पुर्णबहादुर घर्ती र वडा नं– ६ बस्ने अमृत थापा घाइते भएका छन् । घाइतेहरुको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घट्नामा संलग्न व्यक्तिहरु फरार रहेका छन् । खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।