दुलेगौंडा । केही दिन अघि नेकपा एमालेबाट शुक्लागण्डकी नगरपालिकाको मेयर पदमा उम्मेद्वार दिएका मुक्तिनाथ तिम्सिनालाई लक्षित गर्दै सम्प्रेषण गरिएको समचारप्रति एमाले तनहुँको खण्डन गरेको छ ।
बैशाख २४ गते जनचाहाना अनलाईनले ‘जग्गा दान गर्ने र सार्वजनिक जग्गा हड्प्नेबीच प्रतिष्पर्धा’ शिर्षकमा लेखिएको समाचार भ्रामक भएको भन्दै नेकपा एमाले तनहुँले खण्डन गरेको हो । मुक्तिनाथ तिम्सिनालाई लक्षित गर्दै आचारसंहिता विपरित समाचार प्रकाशित गरेको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल जानकारी दिए ।
‘शुक्लागण्डकी नगरपालिकामा रहेका करिब ७ हजार अव्यवस्थित बसोबासी, भूमिहिन दलित र सुकुम्बासीलाई लक्षित गर्दै केहि ठालु नवधनाढ्यबाट बारम्बार प्रभावित बनाई जग्गाधनी पुर्जा प्राप्त गर्ने अधिकार कुण्ठित गरी बसोबास गरेका जनतामाथि राज्यतवरबाट कुठाराघात भएको उल्लेख छ । यस्ता गतिविधिले आम नागरिक प्राप्त गर्न सक्ने जग्गा धनी पुर्जाबाट बञ्चित हुन सक्छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । आम नागरिकलाई यस्ता तत्वबाट सचेत रहन अपिल गर्नुका साथै मेयरका उम्मेदवार तिम्सिनाले मालपोत ऐन २०३४ र भूमि सम्बन्धी ऐन २०२१ को बर्खिलाप हुने गरी कहि कतै नराम्रो काम कसुर नगरेको पनि एमालेले दाबी गरेको छ ।