दुलेगौंडा । बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँल सोमबार एक सुचना जारी गर्दै मतदानको दिन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सवारी साधन नचल्ने जनाएको हो ।
प्रशासन कार्यालयको अनुसार निर्वाचनको दिन शववाहन, एम्बुलेन्स, दमकल, अस्पताल, विद्युत, खानेपानी, दुरसञ्चार जस्ता अत्यावश्यक सेवा र अनुमती लिएका सवारी साधनहरु बाहेक अन्य सम्पूर्ण यातायातका साधनहरु (सार्वजनिक, निजी) बन्द हुने छ । सुचना विपरित सवारी साधन सञ्चालन भएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने भएको छ ।