कोत्र । जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने पोखरा उपमहानगरपालिका –३ का ३४ बर्षिय बालकृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
बिहीबार राति अस्थायी प्रहरी बिट कोत्रेबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ जादै गरेको ग १ ख ७४०१ नं.को बसको चेकजाँच गर्ने क्रममा लागुऔषध सहित युवकलाई पक्राउ गरेको नायव उपरीक्षक खड्काले बताए । खड्काका अनुसार निजबाट २५ एम्पुल नुफिनको शिशी, २५ एम्पुल डाईजापामको शिशी र २५ एम्पुल फेनरागनको शिशी गरि ७५ एम्पुल लागुऔषध बरामद गरेको छ ।
आगुऔषध वसार पसार कार्यमा पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।