घिरिङ । जिल्लाको घिरिङ गाउँपालिकाले निर्वाचन अवधिभर गाउँपालिका तथा वडाबाट हुने सेवा प्रवाह बन्द गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन कार्यालयमा कार्यरत कर्मचारी पनि खटिनुपर्ने हुदाँ सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कडेलले जानकारी दिए ।
उनका अनुसार आज (वैशाख २३ गते) देखि मतगणना सम्पन्न नभएसम्म गाउँपालिका तथा वडाबाट हुने सेवा प्रवाह बन्द गर्ने भएको हो । जहाँ आयोजना÷कार्यक्रमको सम्झैता अनुगमन, भुक्तानी, व्यक्तिगत घटनादर्ता पञ्जिकरण सम्बन्धी सम्पूर्ण सेवा प्रवाह बन्द हुनेछ ।