दुलेगौंडा । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रसेवक कर्मचारी र शिक्षकलाई निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिसेवक कर्मचारी र शिक्षक विभिन्न राजनीतिक दलहरुसंग चुनाव प्रचार प्रसारमा संलग्न रहेको गुनासो आउन थालेपछि आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिलला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारी, शिक्षक र सरकारी कोषबाट तलब सुविधा लिएका कार्मचारीलाई आचरसंहिता जारि गरिएको छ । यसै सन्र्दभमा आफ्नो पेशागत आचरण प्रति पूर्ण बफादार रही उक्त आचारसंहिता पूर्ण पालना गरि निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन अनुरोध गरिन्छ’ प्रशासन कार्यालय तनहुँले जारि गरिएको पत्रमा उल्लेख गरिएको छ ।
प्रशासन कार्यालय तनहुँका अनुसार आचरसंहिता तथा पदीय जिम्मेवारी प्रतिकुल क्रियाकलाप गरेको पाईएका प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।