दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज विभिन्न पदका उम्मेद्वारलाई चुनाव चिन्ह प्रदा गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा पनि ९ जना उम्मेद्वारलाई पनि आईतबार चुनाव चिन्ह प्रदान गरेको शुक्लागण्डकीका सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका कांग्रेसका महेश्वर भट्टराईले पुतली चुनाव चिह्न पाएका छन् । यस्तै उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका जगदिश काफ्लेले हास चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता नभएकाले उन्नत लोकतान्त्रिक पार्टीका काफ्लेलाई पनि स्वतन्त्र सरह चुनाव चिह्न दिइएको हो ।
शुक्लागण्डकी–४ मा स्वतन्त्र उम्मेद्वारी दिएका सन्तोष श्रेष्ठले गुलाफको फुल चुनाव चिह्न दिईएको छ । उनी कांग्रेस युवा नेता हुन् । पार्टीले टिकट नदिएपछि उनको बागी उम्मेद्वारी परेको हो । वडा नम्बर ७ बाट स्वतन्त्र वडाध्यक्षमा उम्मेद्वारी दिएका तुलसीप्रसाद पौडेलले गुलाफको फुल, वडा नम्बर ११ मा स्वतन्त्र उम्मेद्वारी दिएका सन्तोष मल्लले पुतली चुनाव चिह्न पाएका छन् ।