हलेदी । आसन्न वैशाख ३० गते हने स्थानीय चुनावको लागि माओवादी केन्द्र शुक्लागण्डकी–२ ले चुनावी अभियान सुरु गरेको छ ।
बिहीबार शुक्लागण्डकी–२ हलेदीमा रहेको सहिद स्मृति पार्कमा रहेको प्रतिकात्मक जनयोद्धको शालिकमा माल्याणपन गर्दै चुनावि अभियान सुरु गरेको माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेद्वार शंकर पन्तले बताए । उनका अनुसार भ्रष्टाचार मुक्त र समृद्ध वडा निर्माण गर्ने अठोटका साथ चुनावी अभियान सुरु गरेको हो ।
शक्लागण्डकी नगरपालिका–२ बाट स्थानीय तहको निर्वाचनका लागि माओवादीबाट वडाध्यक्षमा शंकर पन्त, वडा सदस्यमा उदयराज गुरुङ, भक्तबहादुर गुरुङ, बिष्णुमाया रिमाल र यमुना परियार उम्मेद्वारको रुपमा चुनावी अभियानमा अगाडी बढेका छन् ।