दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले निर्वाचन आचर संहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार राजनीततिक दलका प्रतिनिधि, सुरक्षकर्मी र सञ्चारकर्मीको उपस्थितीमा निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत सरिता रायमाझीले आफुले आफैलाई नै अनुशासित बनाउन राजनैतिक दलका प्रतिनिधि, मतदाता लगायत सञ्चारकर्मीले आचार संहिताको पालना गर्नपर्ने बताईन । साथै कुन उम्मेद्वारले कति धरौटी राख्ने, मनोनयनपत्र दाखिला गर्दा पुरा गर्नुपर्ने कार्यविधि, उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने अवस्था, निर्वाचन आचर संहिता, २०७८ अनुसार क–कस्ले के के नियम पालना गर्नुपर्ने लगायतका बिषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक भोजराज पाण्डेल सम्पूर्णलाई निर्वाचन अवधिभर मादक पर्दाथ सेवन गर्ने कुराबाट टाढा रहन सुझाव दिए ।