दुलेगौंडा । स्थानीय तहको निर्वाचन नजिकिएसंगै विभिन्न पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य सुरु भएको छ । जस अन्र्तगत विहिबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
स्थानीय निर्वाचन सम्बन्धी सम्पर्ण कार्य सम्पादन गर्नका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको शुक्लागण्डकी नगरपालिकाको निवाचन अधिकृत सरीता राईमाजिले बताईन् । उनका अनुसार यस कार्यालयबाट निर्वाचन अवधिभर उम्मेद्वारको मनोनयनपत्र दर्ता, उम्मेद्वारको सुचि प्रकाशन, उम्मेद्वारको विरोधमा उजुरी संकलन र प्राप्त उजुरीको जाँचबुझ गरि निर्णय गर्ने, उम्मेद्वारको नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह प्रदान गर्ने र मतदान गराउने रहेको छ ।
बिहीबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्भ न्यौपाने लगायत इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी प्रमुख भोजराज पाण्डे, नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल लगायतको उपस्थितीमा कार्यालयको स्थापना गरिएको थियो ।
शुक्लागण्डकी नगरपालिकामा १९ स्थानमा ४६ वटा मतदान केन्द्र रहेको छ । साथै नगरभरी २० हजार २६५ महिला र १८ हजार ५० पुरुष गरि कुल ३८ हजार ३ सय १५ मतदाता रहेका छन् ।