दुलेगौंडा । जिल्लाको बन्दिपुर गाउँपालिका–३,धोद्रेमा आफ्नै घाँटी रेटी आत्माहत्याको प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्युु भएको छ ।
सोमबार दिउँसो ३ बजे ४५ बर्षका लालबहादुर चेपाङले घर नजिकैको बारीमा गई धारिलो हँसियाले घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार घाँटी रेटी गम्भिर घाइते चेपाङलाई उपचारका लागि मोति क्लिनिक डुम्रेमा प्राथमिक उपचार पश्चात् पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको थियो ।
चेपाङको उपचारको क्रममा मंगलबार विहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डिएसपी खड्काले बताए । उनले किन आफ्नै घाँटी रेटे भन्ने कुरा पत्ता लागेको छैन । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।