दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले प्रयोग गर्दै आईरहेको सरकारी मोटरसाईकल नगरपालिकालाई फिर्ता गरेका छन् ।
शुक्लागण्डकी नगरपालिकमा जनप्रतिनिधि भएर आएपछि जनताको सेवाको लागि प्रयोगमा ल्याएको ग १ ब ७५४ नम्बरको मोटरसाईकल आफ्नो कार्यकाल सकिनु अगाडी नै नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साललाई फिर्ता गरे ।
वडाध्यक्ष श्रेष्ठ यतिबेला पुनः शुक्लागण्डकी नगरपालिका–४ को वडाध्यक्षका आकांक्षी रहेका छन् । स्थानीय तहको निर्वाचन आउर्दै गर्दा र आफु पुनः वडाध्यक्षको आकांक्षी रहेको समयमा सरकारी मोटरसाईकलको प्रयोग गर्नु उचित नहुने भएकाले मोटरसाईकल फिर्ता गरेको बताए । यो संगै श्रेष्ठ शुक्लागण्डकी नगरपालिकामा वडाध्यक्षबाट मोटरसाईकल फिर्ता गर्ने पहिलो जनप्रतिनिधि हुन् ।