खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा जारी शुक्लागण्डकी महोत्सवमा आयोजित वडा स्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका–११ विजय भएको छ ।
शनिबार बिहान भएको फाईनल खेलमा शुक्लागण्डकी नगरपालिका–११ ले वौदिकाली गाउँपालिका–२ लाई ३–१ सेटको अन्तरमा जित हासिल गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ ले २५–१८, २५–२३ र २५–२० मा पहिलो दोस्रो र चौथो सेट हात पारेर विजय भएको थियो । यता वौद्धिकालिले भने तेस्रो सेटमा २५–२२ को अन्तरमा जित निकालेको थियो ।
यसै गरि प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका–१२ तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश प्रथम ७५ हजार, ४० हजार र २५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । महोत्सवमा आयोजित प्रतियोगिताको विजेतालाई समापनको दिन पुरस्कृत गरिने महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए ।