दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको रोट्रयाक क्लब अफ शुक्लागण्डकीले आर्थिक अवस्था कमजोर रहेका नगरका ५ विद्यार्थीलाई मासिक हजार रुपैयाँ दिन थालेको छ । क्लबले नयाँ बर्षको अवसर पारेर विभिन्न विद्यालयका ५ विद्यार्थीको छनोट गरेर शैक्षिक सामाग्री हस्तान्तरण गरी यो अभियानको थालनि गरेको हो ।
क्लबले खेरेनी माध्यामिक विद्यालयकी सन्ध्या पराजुलि, दिवस माध्यामिक विद्यायका अनिश परियार र पञ्चमुनि देव माध्यामिक विद्यायकी सुप्रिया परियार र सन्ध्या परियारलाई छनोट गरेको क्लबका अध्यक्ष मनिस अर्यालले जानकारी दिए । ‘हामीले यो सुरुवाति चरण रहेको हुदाँ मासिक हजार रुपैयाँ दिन लागेका हौं । पुग्न त दुई/तीन हजार रुपैयाँ दिए पनि पुग्दैन तर पनि यस पैसाले विद्यार्थीलाई केही राहात मिलोस भन्ने हो ।’ उनले भने ।
क्लबले गरेको यस कार्यले विपन्न वर्गका विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्न थप सहयोग मिल्ने शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । ‘नयाँ बर्षकै दिन क्लबले यो कामको थालनि गरेको छ । यसले पक्कै पनि पनि विद्यार्थीलाई पढाई प्रति नयाँ जोस र जागर सिर्जना गर्ने छ ।’