दुलेगौंडा । आइतबार साँझ परेको भीषण बर्षासंगै परेकोे चट्याङमा परी तनहुँ शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित सोलार फार्ममा कार्यरत एक कर्मचारी सामान्य घाइते भएका छन् । घाइते हुनेमा स्थायी घर भारत रहेका २३ बर्षिय ओमप्रकाश कुसुवा रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।
चट्याङ परेपछि कुसुवामा रिगंटा लाग्ने समस्या भएपछि उपचारका लागि जि.पि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार गराइएको र अहिले डिस्चार्ज भइसकेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनका अनुसार चट्याङकै कारण बेलचौतरास्थित क्याम्पसबस्तीमा विक्रम के.सीको घर बाहिरपट्टी सामान्य क्षति र घरको विजुलीको वायरिङ सिस्टम सवै बिग्रिएको छ ।
त्यस्तै बर्षाको कारण खैरेनीटारमा संचालित शुक्लागण्डकी महोत्सव डुबानमा परेको छ । मञ्चमा क्षति पुगेको छ भने स्टलमा रहेका सामान सवै पानीमा डुवेको आयोजकले जनाएको छ।